Rumpum Advertisement

खाली बड्डा बातमात्तै

Neuro
खाली बड्डा बातमात्तै

कन्टिर–बाबू एकाबिहानै आफ्नो दिव्य–वाणी सार्वजनिक गर्दै भन्छन्– यी राते–कपाल मन्त्री भट्ट बड्डा पनि कमालै गद्दा’रान यार । कहिले मिल मालिकको लहलहैमा उखु किसानलाई बिचौलिया देख्दा’रान । कहिले मिल मालिकलाई पकडाउ नगर्न नेताले दबाब दिया हुन् भनी गैरजिम्मेबार कुरा गद्दा रान ।

कन्टिर–बाबूको प्रश्न उब्ज्या छ– आफ्नो कुनै दृष्टिकोण नभयाका यी बड्डा कसका हितमा काम गद्दा हुन् ? काठमाडौँको चिसोमा बेहाल भयाका किसानका कुरा यिनले सुन्या नाइँ । कन्टिर–बाबूको चुनौती छ यिनलाई– तमी सक्दा हउ त मिल मालिकलाई नपकडन दबाब दिने भन्याका नेताका नाम सार्वजनिक गर । अनि मान्दा हौँ ।

बड्डा खाली बातमात्तै गद्दा छौ । केही काम पनि गरिकन देखाइदिया गजब हुँदो थियो ।