Rumpum Advertisement

नेपाली शेफ सन्तोष शाह ‘मास्टरशेफ यूके’ उत्कृष्ट तीनमै सिमित

नेपाली शेफ सन्तोष शाह ‘मास्टरशेफ यूके’ उत्कृष्ट तीनमै सिमित

विराटनगर / नेपाली शेफ सन्तोष शाह संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’को उत्कृष्ट तीनमै सिमित भएका छन्।

उपाधि दाबेदार मानिएका उनी उत्कृष्ट तीनमा सिमित भएका हुन । उपाधि नजिते पनि सन्तोषले विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ‘ मैले निर्णायक र नेपालीको मन जितिसकेको छु।’ मास्टरशेफको उपाधि यूकेका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।