Rumpum Advertisement

डन्डिफाेरकाे समस्या हटाउन खानामा ध्यान दिनुहाेस

डन्डिफाेरकाे समस्या हटाउन  खानामा ध्यान दिनुहाेस

विराटनगर । प्राय मानिस डन्डिफाेर (पिम्पल्स)को समस्याबाट चिन्तित हुन्छन् । पिम्पल्सले अनुहारलाई बिगार्ने तथा सुन्दरतामा कमि ल्याउँछ ।

पिम्पल्सले मात्र नभएर त्यसपछि रहने दागले अनुहारलाई बिगारीरहेको हुन्छ । पिम्पल्सको समस्या केटाकेटी दुबैलाई हुने गर्छ । यो समस्या किशोर किशोरीमा बढी देखिन्छ ।

शरीरमा छिटो हार्मोनल परिवर्तन हुने हुँदा हर्मोनको गडबडीका कारण पिम्पल्सको समस्या सुरु हुने गर्छ । हामीले खाने गरेको खानाको असर हाम्रो अनुहारमा देख्ने बताइन्छ । त्यसैले, पिम्पल्सको समस्या हटाउन दैनिक खाने गरेको खानामा परिवर्तन गर्न जरुरी हुन्छ ।

केही खानेकुराको सेवनले पनि पिम्पल्स आउने हुन्छ भने पिम्पल्सको समस्या भएका मानिसलाई थप समस्या देखाउन सक्छ ।

अनुहारमा अत्याधिक पिम्पल्स निम्त्याउने खानेकुरा यस्ताः

अत्याधिक तेलीय वा मसालेदार खानाः अत्याधिक तेल तथा मसालेदार खानाको नियमित सेवनले वा घिउको अधिक सेवनले पनि पिम्पल्सको समस्या सुरु गर्न सक्छ ।

दूध वा दूधबाट बनेका पदार्थः दूध वा दूधबाट बनेका पदार्थको सेवन गरिरहेका मानिसले यसलाई सन्तुलित रुपमा सेवन गर्नुपर्छ । डाईटमा उच्च मात्रामा दूध वा दूधबाट बनेका पदार्थलाई समावेश गरेमा पिम्पल्सको समस्या सुरु हुने सम्भावना उच्च रहन्छ ।

अत्याधिक मासुको सेवनः मासु वा मासुबाट बनेका परिकारको अधिक सेवनले शरीरको तापक्रम बढाउँछ । जसको कारणले पेट सफा हुँदैन र पिम्पल्सको समस्या सुरू गराउने हुन्छ ।

बजारिया खाना : प्याकेट गरिएका बजारीया जङ्क फूडको सेवनले पनि डण्डीफोरको समस्या निम्त्याउन सक्छ । पहिलाबाट यसको समस्या भएकाले जङ्क फूडको सेवन गर्दा समस्या थप बढ्छ ।

सुर्तीजन्य पदार्थ वा धुम्रपानः सुर्तीजन्य पदार्थको प्रयोग गर्ने बानी भएकाको स्वास्थ्यसँग सँगै छाला सम्बन्धी विभिन्न समस्या हुनसक्छ । सम्पूर्ण शरीरलाई स्वास्थ्य राख्नका लागि यस्ता पदार्थबाट टाढा रहनु नै उचित हुन्छ ।