Rumpum Advertisement

भुक्तानी माग्दै काठमाडौँ पुगेका उखु किसान विरामी पर्न थाले

भुक्तानी माग्दै काठमाडौँ पुगेका उखु किसान विरामी पर्न थाले

विराटनगर / उखुको भुक्तानी माग गर्दै आन्दोलन गर्न काठमाडौंँ पुगेका उखु किसान विरामी पर्न थालेका छन् । आइतबारयता आन्दोलनरत किसान चिसाेका कारण विरामी पर्न थालेका हुन् ।

किसानले आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार भुक्तानी नदिने चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको थियो । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् ।

संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ तर कार्यान्वयन कहिले हुने निश्चित नभएकाे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।