Rumpum Advertisement

टीकापुर घटना : सांसद चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

टीकापुर घटना : सांसद चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं / उच्च अदालत दिपायलले टीकापुर घटनामा सङ्लग्न सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले सांसद चौधरीसहित ८ जनालाई जन्मकैद पैसला सुनाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।

घटनाको योजनाकारको आरोपमा रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ ।

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । उच्च अदालत दिपायलकी रजिस्ट्रार सीता रेग्मीका अनुसार जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।