birat ribon

भारतमा घट्यो सङ्क्रमण दर, अमेरिकामा दैनिक दुई लाख बढी थपिए

Neuro
भारतमा घट्यो सङ्क्रमण दर, अमेरिकामा दैनिक दुई लाख बढी थपिए

विराटनगर / कोरोना महामारीबाट प्रभावित बनेको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण दर घटेको छ । केही दिन अघिसम्म दैनिक ५० हजार भन्दा बढी थपिने भारतमा पछिल्लाे समय सङक्रमण दर घटेको हो ।

कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार १८ हजार र मंगलबार २६ हजार सङ्क्रमित थपिएका थिए ।

cura insider

वल्डोमिटरको तथ्याङ्क अनुसार सङक्रमण दर घटेको भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ लाख ७७ हजार पुगेको छ । ती मध्ये एक लाख ४४ हजारको मृत्यु भएको छ । ९५ लाख २० हजार सङ्क्रमण मुक्त भएका छन् । तीन लाख १२ हजार सक्रिय सङ्क्रमित छन् ।

कोरोना प्रभावित देशको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा दैनिक दुई लाख भन्दा बढी कोरोना सङ्क्रमित थपिरहेका छन् ।

पछिल्लो २४ घण्टामा पनि अमेरिकामा दुई लाख २० हजार सङ्क्रमित थपिएका छन् । सोही अवधीमा ३ हजार जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७६ लाख १७ हजार पुगेको छ ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो एक दिनमा विश्वभर सात लाख ७ हजार सङ्क्रमित थपिएका छन् । सोही अवधीमा १२ हजार बढीको मृत्यु भएको छ । यो सँगै विश्वमा सङ्क्रमितको सङ्ख्या सात करोड ५२ लाख ४७ हजार नाघेको छ । १६ लाख ७६ हजारको मृत्यु भएको छ । पाँच करोड २८ लाख बढी सङ्क्रमण मुक्त भएका छन् ।

jackson ribon