Rumpum Advertisement

रुसले कतार विश्वकप गुमाउने

रुसले कतार विश्वकप गुमाउने

विराटनगर । विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था (कास)ले रुसमाथि लागेको चार वर्षको प्रतिबन्धलाई दुई वर्षमा झारेको छ । डोपिङ काण्डमा मुछिएको रुसले अब दुई वर्ष मुख्य खेलमा प्रतिस्पर्धा गर्न पाउनेछैन ।

प्रतिबन्ध अनुसार रुसले जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिक र सन् २०२२ मा हुने कतार विश्वकप फुटबलसमेत गुमाउनेछ ।

कासले रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लगाएको छ । रुसले अर्को वर्ष हुने युरोकपमा भने सहभागिता जनाउन पाउनेछ ।