Rumpum Advertisement

शेफिल्डमाथि युनाइटेडको जित

शेफिल्डमाथि युनाइटेडको जित

विराटनगर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३–२ गोलको जित दर्ता गरेको हो ।

शेफिल्डको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा डेभिड एमसी गोल्डरिकले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाए ।

२६औं मिनेटमा मार्कुस राष्फोर्डले गोल गर्दैै खेल बराबरीमा फर्काए । ३३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाइटेडले पहिलो हाफभरि अग्रता बनायो ।

खेलको ५१औं मिनेटमा राष्फोर्डले दोस्रो गोल गर्दै युनाइटेडलाई ३–१ गोलको अग्रता दिलाए । ८७औं मिनेटमा शेफल्डका गोल्डरिकले दोस्रो गोल गरेका थिए ।

जितसँगै छैटौं स्थानको युनाइटेडले १२ खेलबाट २३ अङ्क जोडेको छ । पराजित शेफिल्ड भने एक अङ्कका साथ पुछारमा छ ।