Rumpum Advertisement

मेस्सी र रोनाल्डोलाई उछिन्दै लेवान्डोस्कीले जिते ‘फिफा द बेस्ट’ अवार्ड

Neuro
मेस्सी र रोनाल्डोलाई उछिन्दै लेवान्डोस्कीले जिते ‘फिफा द बेस्ट’ अवार्ड

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई वर्ष खेलाडी घोषित गरेको छ । फिफाले बिहीबार राति स्वीट्जरल्याण्डको जुरिचमा भर्चुअलको माध्यमबाट पोल्याण्डका स्टारलाई वर्ष खेलाडी घोषणा गरेको हो ।

यससँगै लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फिफा द बेस्टको अवार्ड जित्न सफल भएका छन् । उनी अघिल्लो सिजनको च्याम्पियन्स लिगको उपाधि जिताउन सफल खेलाडी हुन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट छुट्टिएर दुई वर्षअघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

लेवान्डोस्कीले अघिल्लो सिजन जर्मन जायन्ट बायर्नलाई ट्रिबल उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । ३२ वर्षीय लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका थिए । उनले घरेलु लिग र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुँदै सिजनको अन्त्य गरेका थिए ।

यसैगरी म्यानेचस्टर सिटीकी डिफेन्ड लुसी ब्रुन्ज महिलातर्फको वर्ष खेलाडी घोषित भइन् ।