Rumpum Advertisement

जाडोमा मधुमेह रोगीले आहारमा समावेश गर्नुपर्छ यस्ता खाना

जाडोमा मधुमेह रोगीले आहारमा समावेश गर्नुपर्छ यस्ता खाना

विराटनगर । रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मौसममा परिवर्तनको साथ मधुमेह रोगीहरूले जाडोमा खानाको लागि छुट्टै योजना बनाउनु पर्छ । रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नका लागि खानपान, व्यायाम र जीवनशैलीलाई नै ध्यान दिन जरुरी हुन्छ ।

जाडो मौसममा मधुमेह रोगीहरूको विहानको खाजाको लागि फाइबर र प्रोटिनले भरिएको खाजा सिफारिस गरिन्छ । बिहानको खाजामा गुलियो आलु, चिनी नहालेको चिया वा कफी, उसिनेको अण्डा, सुन्तला र अम्बकसहितका मौसमी फलहरू थप्नुपर्छ ।

मधुमेह रोगीका लागि उच्च फाइबरयुक्त खाना खान सल्लाह दिइन्छ । यसले उनीहरूको भोकलाई तृप्त पार्न मद्दत गर्नुका साथै रगतमा चिनीको मात्रालाई अचानक बढाउन दिँदैन । खानाको लागि, मधुमेह रोगीहरूले पालुङ्गो, साग र रायोको साग, हरियो तरकारी, रोटी तथा गाँजर र मुला जस्ता काँचो तरकारी थप्नुपर्छ ।

मधुमेह रोगीले दिनभरमा लगातार वा बारम्बार थोरै मात्रामा खाइरहनु पर्छ । दिउँसोको खाजामा मधुमेह रोगीले कम क्यालोरीयुक्त फलफूल जस्तै स्याउ, अम्बक र भुटेको मखाना तथा काँचो तरकारी जस्तै गाँजर, काक्रा र मुलालाई खाजाको रूपमा खान सकिन्छ । मधुमेहका रोगीले जाडोमा कुखुराको सूप, सलाद, केही तातो पेय र हरियो सागसब्जीको सेवन गर्नु उत्तम हुन्छ ।

स्वस्थ जाडोको भोजनको लागि मल्टीग्रेन रोटिको साथ सागको सेवन गर्न सकिन्छ । हरेक मौसममा मधुमेह रोगीले चिनी, गुलियो पदार्थ, कार्बयुक्त र प्रशोधित खाद्य पदार्थबाट टाढा रहनु पर्छ । तर, मधुमेह रोगीले आफूसँग गुलियो केही खाना सधैँ सँगै राख्नुपर्छ । किनभने मधुमेहको औषधिले रगतमा चिनीको मात्रा कम गराइ हाइपोग्लाईसेमिया निम्त्याउन सक्छ । आपतकालीन अवस्थामा रगतमा चिनीको स्तर बढाउन चकलेटले मद्दत गर्छ ।