birat ribon

इनरुवा अस्पताल विकास समिति सदस्य मनोनित

Neuro
इनरुवा अस्पताल विकास समिति सदस्य मनोनित

विराटनगर । सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिका ५ सदस्यलाई मनोनित गरिएको छ । मन्त्रीस्तरीय निर्णयले व्यवस्थान समिति सदस्यहरूमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित, तोयादेवी गिरी पोद्धारलाई सदस्यमा मनोनित गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईका अनुसार प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित गरिएको हो ।

cura insider

मनोनित सदस्यहरूलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले इनरुवा अस्पतालको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे । प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा १३ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ ।

व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग वाणिज्य सङ्घको प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

jackson ribon