Rumpum Advertisement

किसानको पैसा भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गरी पैसा असुल गर्न सांसद्हरूको माग

किसानको पैसा भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गरी पैसा असुल गर्न सांसद्हरूको माग

काठमाडौं । उखु किसानको पैसा नदिने उद्योगीहरूलाई कडा कारवाही गरी पैसा असुल गर्र्नुपर्ने सांसद्हरूले बताएका छन् ।

सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसद्हरूले उद्योगीलाई कारवाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् ।

नेपाली काङ्ग्रेसका सांसद् प्रकाश रसाईलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याजसहितको रकम तिराउनुपर्ने बताए ।

उनले भने, ‘राज्यलाई विभिन्न बाहना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरु व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिर्नुपर्छ । किसानले घर जग्गादेखि बिउ बिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसानचाहिँ माइतिघरमा आएर रोइरहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’

यस्तै काङ्ग्रेस सांसद भिमसेनदास प्रधानले उद्योगीको सम्पतिबाट भएपनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताए ।