Rumpum Advertisement

उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो

Neuro
उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको जोर–बिजोर प्रणाली पुस ३ गते शुक्रबारबाट लागू हुनेगरी हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उपत्यकामा चल्ने सबैखाले सवारी साधनहरूको जोरबिजोर प्रणाली हटाएको जनाएको छ ।

पछिल्लो समय विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरूले जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको साथै यात्रुको चाप झन् बढेको भन्ने गुनासो आउन थालेपछि जोर–बिजोर प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।

साथै कोभिड सङ्क्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पालना गर्ने गरी सवारी सञ्चालन गर्न आग्रहसमेत गरेको छ । मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।