birat ribon

प्रदेशमा ४६७ जनाको पिसिआर गर्दा ४७ को रिपोर्ट पोजेटिभ

Neuro
प्रदेशमा ४६७ जनाको पिसिआर गर्दा ४७ को रिपोर्ट पोजेटिभ

विराटनगर / प्रदेश १ मा ४६७ जनाको पिसिआर जाँच गर्दा ४७ को रिपोर्ट पोजेटिभ आएको छ । ४६७ जनाको पिसिआर २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा १५, सुनसरीमा ११, सङखुवासभा र प्रदेश १ बाहिर १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

cura insider

मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगङ्गा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहवी र स्थानीय तह नखुलेका १–१, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।

jackson ribon