विराटनगर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो ।
बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले श्रीलंकालाई विश्वकप जिताएका वाटमोरलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको छ ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएकाे छ ।
