काठमाडौं । संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बिहीबार साँझ ५ बजे बोलाइएको परिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषद् बैठक स्थगित भएको हो ।
परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक आह्वान गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर आग्रह गरेपछि बैठक स्थगित भएको हो ।