birat ribon

पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरले लिए सन्यास

Neuro
पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरले लिए सन्यास

विराटनगर । पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

२८ वर्षीय आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको पाकिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

cura insider

१७ वर्षे उमेरबाट पाकिस्तानी क्रिकेट टोलीमा डेब्यू गरेका उनले एक सय ४७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् २००९ का टी–ट्वान्टी विश्वकपको विजेतासमेत रहेका उनले दुई सय ५९ विकेट लिएका छन् ।त्यसबाहेक आमिरले सन् २०१७ मा आइसिसी ट्रफी जितेका छन् ।

jackson ribon