birat ribon

बिहीबार देशभर सात सय ७६ सङ्क्रमित भेटिए

Neuro
बिहीबार देशभर सात सय ७६ सङ्क्रमित भेटिए

विराटनगर । बिहीबार देशभर थप सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप सात सय ७६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१ हजार छ सय ९२ पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या नाै हजार पाँच सय ८० रहेको छ ।

cura insider

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज नाै सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ४० हजार तीन सय ३६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप छ जनाको मृत्यु भएको हो ।

jackson ribon