birat ribon

उखु किसानहरुको आन्दोलन जारी

Neuro
उखु किसानहरुको आन्दोलन जारी

काठमाडौँ/उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ ।

आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौँ आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् ।

cura insider

मन्त्रालयले गत वर्ष पुस १८ गते माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर पनि उद्योगीहरुले एक वर्षसम्म पैसा नदिएपछि काठमाडौँ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

उनीहरुको भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । किसानहरुले प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्यकोषबाट भए पनि बाँकी बक्यौता भुक्तानी गरी सरकारले नै उद्योगीहरुबाट ब्याजसहित असुलउपर गर्नुपर्ने बताएका छन् । परिणाममुखी वार्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

jackson ribon