birat ribon

बेन्जेमा रियल मड्रिडका नयाँ रोनाल्डो

Neuro
बेन्जेमा रियल मड्रिडका नयाँ रोनाल्डो

विराटनगर । फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले रियल मड्रिडमा पूर्वस्टार क्रिस्टियानो रोनाल्डोको अभाव महशुस हुन दिएका छैनन् ।

रियलमा रोनाल्डोको योगदानलाई प्रतिस्थापन गर्नु बेन्जेमाका लागि मात्र नभएर हर कोहीका लागि असम्भव प्रायः छ ।

cura insider

रियलमा छँदा पोर्चुगिज स्ट्राइकर रोनाल्डो प्रतिसिजन ५० गोलसम्म गर्ने गरेका थिए । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले रियलबाट चार सय ३८ खेल खेल्दा ४५० गोल गरेका थिए ।

हाल रियल रोनाल्डोजस्तै स्ट्राइकरको खोजीमा छ । उसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टारद्वय नेयमार र किलियन एम्बाप्पेलाई रोनाल्डोको स्थानमा ल्याउन चाहेको चर्चा छ ।

हुन त उसले प्रिमियर लिग क्लब चेल्सीबाट इडेन हाजार्ड भित्र्याउँदै रोनाल्डोको सात नम्बरको जर्सी दिएको छ । तथापि, अधिकांश समय घाइते रहेका बेल्जियन स्ट्राइकर हाजार्डको प्रदर्शन रियलले अपेक्षा गरेअनुसार छैन ।

तर, हाल रोनाल्डोको स्थानमा रहेर रियललाई उकास्ने काम ३२ वर्षीय बेन्जेमाले गरिरहेका छन् । यसबाट फ्रेन्च कोच जिनेदिन जिदान पनि प्रफुल्लित छन् ।

किनकि जिदानले दोस्रो पटक रियलमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा रियलले गरेको गोलमध्ये २९ प्रतिशत बेन्जेमाको योगदान रहेको तथ्याङ्कले देखिएका छ ।

स्पेनमा नौ वर्ष बिताएका रोनाल्डोले रियलका लागि २८ प्रतिशत गोलमा योगदान दिएको तथ्याङ्कमा उल्लेख छ । जिदानले रियलको नेतृत्त्व गर्दाको समय रोनाल्डोले तीन सय ९३ खेल खेलेका थिए, जसमा उनले एक सय १२ गोल गरेका थिए ।

यता, जिदानको नेतृत्त्वमा रहँदा बेन्जेमाले रियलका लागि एक सय ४८ खेल खेल्दा ४४ गोल गरेका छन् ।

रोनाल्डोसँगसँगै रियलमा अनुबिन्धत बेन्जेमाले रियलका लागि जम्मा पाँच सय २९ खेल खेल्दा दुई सय ५९ गोल र एक सय ३८ गोल गरेका छन् ।

jackson ribon