birat ribon

कोभिडको खोप कसले लिन मिल्ने, कसले नमिल्ने ?

Neuro
कोभिडको खोप कसले लिन मिल्ने, कसले नमिल्ने ?

विराटनगर/कुनै पनि भाइरसविरुद्धको खोप कमजोर, पाको उमेरका व्यक्तिहरूसमेत जो–कोहीका लागि पनि सुरक्षित हुनुपर्छ ।

आपतकालीन प्रयोगका लागि खोपलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)बाट शुक्रबार स्वीकृति प्रदान गरिएको थियो । र, यो १६ वर्ष वा माथि उमेरका जो–कोहीलाई दिन सकिन्छ । खोपको दोस्रो डोज पाएको एक वा दुई हप्तासम्म भाइरसबाट पूर्ण रूपमा सुरक्षित हुँदैनन् । खोप अभियान सुरु भइसकेपछि कुन समूहका मानिसले खोप लिन सकिने वा नसकिने भनेर अवश्य पनि सोचिरहेका छन् । कोभिडको खोप कसले लिन मिल्ने र नमिल्ने तल उल्लेख गरिएको छ ।

cura insider

खोपको एलर्जी भएका

एफडीएले केवल एक समूहलाई मात्र खोप दिन सक्ने वर्गमा राखेको छ । विगतमा खोपबाट एलर्जी हुने दुई जना खोप लिएका व्यक्तिमा खोपले गम्भीर असर देखाएपछि फाइजर र बायोटेक खोपमा हुने कुनै पनि सामग्रीका कारण गम्भीर एलर्जीको प्रतिक्रिया हुनसक्ने मानिसलाई यो खोप नदिन आग्रह गरेको छ । तर, अमेरिकामा रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)ले भने एलर्जीको इतिहास भएका मानिसलाई समेत खोप दिन सकिने बताएको छ । एफडीए निर्देशिका अनुसार विगतमा खोपप्रति एलर्जी प्रतिक्रिया भएका बिरामीलाई खोप दिएपछि ३० मिनेटसम्म र अन्यलाई १५ मिनेट निरीक्षण गरिनु पर्छ ।

अन्य एलर्जी भएका मानिस

खाना वा मोल्ड एलर्जीलगायतका अन्य एलर्जी भएका व्यक्तिलाई कोभिड खोप दिन सकिन्छ । फाइजर परीक्षणका लागि खोपको एलर्जी भएका व्यक्तिबाहेक खानाका कारण एलर्जी भएका मानिसलाई समावेश गरिएको थियो । एलर्जी भएका मानिसले पनि कुनै असरविना खोप प्राप्त गरेका थिए ।

गर्भवती तथा स्तनपान गराइरहेका महिला

गर्भवती महिलामा कोभिड १९ खोपको सुरक्षाका बारे अझै पर्याप्त तथ्याङ्क छैन, त्यसैले खोप लिने नलिने उनीहरूमा निर्भर गर्ने जीवशास्त्र मूल्याङ्कन र अनुसन्धानको एफडीए केन्द्रका निर्देशक डा. पीटर मार्क्स बताउँछन् । तर, हालको समयमा उनीहरूलाई खोप लिन सल्लाह दिइएको छैन । फाइजर खोपको क्लिनिकल परीक्षणमा सक्रिय रूपमा गर्भवती महिलालाई सहभागी गरिएको थिएन, तर २३ स्वयम्सेवक परीक्षणको क्रममा गर्भवती भएका थिए । उनीहरूमा खोपले हालसम्म कुनै समस्या गरेको छैन । फाइजर–बायोटेकले ती महिलाहरूलाई अनुगमन गर्न जारी राख्नेछ ।

तथ्याङ्कका अनुसार, गर्भवती महिलाहरूको लागि खोपले जोखम नगर्ने देखिन्छ । एमआरएनए खोपमा कुनै पनि जिवित भाइरस समावेश नहुने हुँदा, कोषको केन्द्रमा प्रवेश गर्दैनन् । जसकारण आनुवंशिक परिवर्तन पनि हुन सक्दैन । क्लिनिकल परीक्षणमा स्तनपान गराउने महिलालाई समेत समावेश गरिएको थिएन, तर एमआरएनए खोप स्तनपान गरिरहेको शिशुमा पनि जोखिम मानिँदैन । त्यसकारण, ती महिलालाई पनि खोप दिन सकिने बताइएको छ ।

स्वास्थ्यमा समस्या भएका तथा बुढापाका मानिसमा

स्वास्थ्यमा समस्या भएका तथा बुढापाका मानिसले कोभिडविरुद्धको खोप लिन सक्छन् । फाइजर खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणले स्वस्थ मानिसहरूसँगको तुलनात्मक रूपमा हेर्दा स्वास्थ्यमा समस्या भएका मानिसहरूलाई पनि त्यस्तै नतिजा देखाएको थियो । कम्पनीका अनुसार क्लिनिकल परीक्षणमा खोप दिइएका बुढापाकाले पनि खासै साइड इफेक्टहरू रिपोर्ट गरेका थिएनन् ।

क्यान्सर, एचआइभीलगायत गम्भीर रोगको उपचार गराइरहेका

कुनै रोगका कारण प्रतिरक्षा प्रणाली कमजोर भएका वा क्यान्सर जस्ता रोगका लागि उपचार गरिरहेकाहरूको लागि पनि खोप उपयुक्त हुन सक्छ । सिडिसीका अनुसार खोप लिने वा नलिने एक व्यक्तिको निर्णय हुनेछ ।

सङ्क्रमित वा पहिले सङ्क्रमण भइसकेका

पछिल्लो चरणको क्लिनिकल परीक्षण डाटाले खोप सुरक्षित रहेको र पहिला सङ्क्रमण भएका मानिसहरूलाई पुनः संक्रमणबाट बचाउने सुझाव दिएको थियो । विगतको सङ्क्रमणले बिरामीलाई हल्का वा गम्भीर बनाएको भए पनि उनीहरूमा खोप सुरक्षित रहेको देखाएको छ । तर, सङ्क्रमित भएको व्यक्तिले सङ्क्रमणको सबै लक्षण नहटेसम्म खोप लिन पर्खनु पर्छ । हालसम्म सङ्क्रमण र खोप लिने समयबीच कुनै समयको सिफारिस गरिएको छैन ।

कोभिडको एन्टिबडी उपचार लिएका

कोभिड सङ्क्रमणको उपचारका लागि एन्टिबडी थेरापी वा कन्भलेसेन्ट प्लाज्मा दिइएका मानिसहरूका लागि कुनै सुरक्षा डाटा उपलब्ध छैन । पहिलो सङ्क्रमण भएको ९० दिनपछि पुनः सङ्क्रमण अर्थात् रिफिकेसन हुन सकिने हुँदा सीडीसीले व्यक्तिलाई कम्तिमा ९० दिन पर्खिनका लागि सल्लाह दिएको छ ।

किशोरकिशोरी

अभिभावकबाट उचित सहमति भएमा १६–१७ वर्षीय उमेरका किशोरकिशोरीलाई खोप लगाउन सकिन्छ । १५ देखि १७ वर्षीय एक सय ५३ भन्दा बढी किशोरकिशोरीलाई फाइजर खोपको ट्रायलमा समावेश गरिएको थियो । ट्रायलको प्रारम्भिक डाटाका अनुसार उनीहरूमा केही समस्या फेला परेको छैन ।

jackson ribon