birat ribon

सातामा दुई दिन २० मिनेट जति दिउँसो सुत्नु फाइदाजनक

Neuro
सातामा दुई दिन २० मिनेट जति दिउँसो सुत्नु फाइदाजनक

विराटनगर/दिउँसो छोटो समयका लागि सुते मानिसको स्वस्थ्यमा लाभ हुने एउटा अध्ययनले देखाएको छ ।

स्विट्जरल्यान्डस्थित युनिभर्सिटी अस्पताल अफ लाउजेनका अनुसन्धनकर्ताहरूका अनुसार कहिलेकाहीँ छोटो समयका लागि सुत्ने मानिसको आयु बढ्ने देखिएको हो । सातामा दुईचोटि जति दिउँसो छोटो समयका लागि सुत्दा मुटुको रोग हुने जोखिम कम भई मुटु स्वस्थ रहने बताइएको छ ।

cura insider

अनुसन्धानकर्ताले त्यसरी दिउँसो सुत्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघातको जोखिम पनि आधा कम हुने बताएका छन् । रातिको समयमा राम्ररी नसुतेको खण्डमा दिउँसो सुत्नाले निद्रा पूरा भई मुड परिवर्तन गराउन सक्छ । तर, सधैँ यसरी दिउँसो सुत्दा फाइदा नहुने अध्ययनले देखाएको छ ।

साथै, ६५ वर्षीय वा सोभन्दा बढी उमेरका मानिसहरूका लागि भने यस अध्ययनले कुनै निष्कर्ष निकाल्न सकेको छैन । सातामा दुई दिन २० मिनेट जति सुत्नु फाइदाजनक हुने अध्ययको निष्कर्ष रहेको छ ।

jackson ribon