Rumpum Advertisement

खैरो हेरोइनसहित तीन पक्राउ

खैरो हेरोइनसहित तीन पक्राउ

विराटनगर/मोरङ प्रहरीले विराटनगरबाट बुधबार खैरो हेरोइनरसहित विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले बुधबार साँझ पाँच बजे पैदलयात्री विराटनगर–१७, मटेरुवाका २७ वर्षीय लद्दिफूल मियाँलाई १३ ग्राम ‘खैरो हेरोइन जस्तो पदार्थ’ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले बुधबार साँझ सवा पाँच बजेतिर पाँच ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहार राज्यको अररिया जिल्ला जोगवनी थाना वडा नं. ९ का ३२ वर्षीय सुरजेशकुमार राय र सोही ठाउँका १३ वर्षीय मो. आशिक मियाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।