Rumpum Advertisement

विचरा शीतल घर !

Neuro
विचरा शीतल घर !

कन्टिर–बाबूका अनुसार हाम्रा टिकटके बूढा लास्टै तोरी रै’छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार ।

मङ्गलबार एउटा स्वार्थ पूरा गर्न ‘अधिया देश’ ल्याए । बुधबार अर्काे स्वार्थ पूरा गर्न त्यो ‘अधिया देश’ फिर्ता गर्ने कुरा पो गर्छन् त बा ।

कन्टिर–बाबूले रात रहे अग्राख पलाउँछ भन्ने सुनेका थिए । तर बूढाको मनसुवामा उल्टो पो भयो ।
कति अस्थिर मतिका भा’का हुन् यी बूढा पनि । आफूलाई अप्ठेरो पर्दा लल्याकलुलुक गलिहाल्ने । एकै छिनमा जमेर बरफ हुने, एकैछिनमा पग्लिएर पानी हुने । अलिकति पनि घाम सहन नसक्नेले किन खोज्नु बरफ हुन !

त्यसो त कन्टिर–बाबूलाई बूढाको भन्दा विचरा शीतल घरको ‘राप’को चिन्ता छ । यसो फुकेर बाल्न खोज्यो बूढाले कहाँबाट खोजेर चिसा दाउरा ल्याएर माथिबाट खप्टिदिन्छन् ।
सधैँ चाहनेबित्तिकै धुनी जगाउन गाह्रो पो हुन्छ त । बूढाले खै कुरो बुझेको ?