birat ribon

यी हुन आउन लागेका हलिउड सिक्वेल फिल्महरु

Neuro
यी हुन आउन लागेका हलिउड सिक्वेल फिल्महरु

गडजिला भर्सेस कङ्ग :

गडजिला भर्सेस कङ्ग सन् २०१९ मा आएको फिल्म ‘किङ अफ दि मन्स्टर’ र ‘स्कल आइसल्यान्ड’ को सिक्वेल हो । फिल्ममा गडजिलाको दुनियाँमा कङ्गको एन्ट्री हुनेछ । यसअघि किङ कङ्ग फिल्ममा पनि कङ्ग र गडजिलाको लडाइँको दृश्य देखाइएको थियो । त्यो दृश्यलाई धेरै दर्शकले रुचाएपछि गड्जिला भर्सेस कङ्ग निर्माण गरिएको हो । फिल्मलाई एडम विंगार्डले निर्देशन गरेका हुन् । यो फिल्म २१ मे, २०२१ मा रिलिज हुनेछ ।

cura insider

भेनम–लेट दियर बि कारनेज :

वेडी हेलेसन जस्ले जम्बी ल्यान्ड फिल्ममा जम्बीसँग लडाइँं गरेको बेजोड दृश्य प्रस्तुत गरेका थिए । अब उनी भेनमको सिक्वेलमा देखिनेछन् । भेनम–लेट दियर बि कारनेजमा भेनम र कारनेजको जबरजस्त टक्कर हुनेछ । यस फिल्ममा टम हारडी भेनमको रुपमा प्रस्तुत हुँदैछन् भने वेडी हेलेसन कारनेजको भूमिकामा देखिने छन् । फिल्मलाई एन्डी सर्किसले निर्देशन गरेका हुन् । यो फिल्म २५ जुन, २०२१ मा रिलिज हुनेछ ।

फास्ट एन्ड फिउरियस ९ :

फिउरियस युनिभर्सको नवौँ फिल्म हो ‘फास्ट एन्ड फिउरियस ९’ । यो फिल्मलाई जस्टिनले निर्देशन गरेका हुन् । निर्देशक जस्टिनले यसअघि पनि फिउरियस युनिभर्सको अन्य २–३ वटा फिल्म निर्देशन गरिसकेका छन् । फिल्म फास्ट एन्ड फिउरियस ९ को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरलाई धेरैले रुचाएका छन् । कोरोना महामारीका कारण फिल्म हलमा रिलिज हुन पाएन । तसर्थ अब यो फिल्म २८ मे, २०२१ मा रिलिज हुनेछ ।

मिसन इम्पोसिबल ७ :

हलिउडमा केही यस्त फिल्मका सिरिजहरु छन् जसलाई सबैले एकचोटि हेरेकै छन् । त्यही सिरिजमध्ये एक हो मिसन इम्पोसिबल । यो सिरिजको ७ औँ भाग आउन लागेको छ, जहाँ इथन हन्ट आफ्नो टिमसँग नयाँ मिसनमा जान्छन् । यो सिरिजमा एक्सन, थ्रिलर, सस्पेन्स र कमेडी देख्न सकिनेछ । फिल्मको सुटिङ लगभग सकिन लागेको छ । यो फिल्म नोभेम्बर २०२१ मा रिलिज हुनेछ ।

jackson ribon