birat ribon

लो ब्लड प्रेसरबारे जान्नै पर्ने केही कुरा

Neuro
लो ब्लड प्रेसरबारे जान्नै पर्ने केही कुरा

विराटनगर/९०/६० भन्दा कम रक्तचाप भएका मानिसलाई कम रक्तचाप भएको मानिन्छ ।

तर, नियमित हुने रक्तचापभन्दा माथिको २० भन्दा कम र तलको १० भन्दा कम भएको अवस्थालाई पनि कम रक्तचाप भएको मानिन्छ । खराब जीवनशैली, खानपान र ब्यायाममा ध्यान नदिँदा कम रक्तचाप (लो–ब्लड प्रेसर अर्थात् न्यून रक्तचाप)को समस्या हुनसक्छ । लो ब्लड प्रेसरलाई मानिसले सामानयता केही ठूलो समस्या होइन सोची लापरवाही गर्ने गर्छन् ।

cura insider

लो ब्लड प्रेसर भए पनि खानामा नुनको मात्रा थपेर यसलाई बढाउने काम गर्छन् । तर, यो गलत हो । मानिसहरूमा लो ब्लड प्रेसरबारे धेरै भ्रमहरू फैलिएको पाइन्छ । लो ब्लड प्रेसर बारेमा जान्नै पर्नेकुरा यस्ता छन् ।

भ्रम : लो ब्लड प्रेसर वंशानुगत हुने हुँदा यसको रोकथाम वा नियन्त्रण गर्न सकिँदैन ।

तथ्य : परिवारमा कसैलाई पनि प्रेसरको समस्या छ भने पनि पक्कै पनि यसको रोकथाम र नियन्त्रण गर्न सकिन्छ । स्वस्थ जीवनशैली, शारीरिक अभ्यास र खानपानमा ध्यानको बानी बसाएर पक्कै पनि लो ब्लड प्रेसरको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।

भ्रम : युवा उमेरमा लो ब्लड प्रेसरले असर गर्दैन ।

तथ्य : उमेरका बढेसँगै व्यक्तिहरूलाई विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्दै जाने हुन्छ । तर लो ब्लड प्रेसरले युवा उमेर समूहकालाई पनि असर गर्न सक्छ । तनाव, खराब जीवनशैली, शारीरिक अवस्था, असक्रिय रहेका कारण, औषधिको अत्यधिक सेवन, रक्सी र चुरोट सेवन गर्ने बानी लो ब्लड प्रेसरको लागि जिम्मेवार छन् ।

भ्रम : लो ब्लड प्रेसर सामान्य स्वास्थ्य समस्या हो ।

तथ्य : यो तथ्यलाई गलत भन्न मिल्दैन । एक व्यक्तिका लागि स्वस्थ हुने कुरा अर्को व्यक्तिको ज्यान जान सक्ने खतरा हुन सक्छ । स्वस्थ मानिसहरूमा लो ब्लड प्रेसरले कुनै लक्षण देखाउँदैन भने अस्वस्थ मानिसहरूमा लो ब्लड प्रेसरले धेरै स्वास्थ्य समस्याहरू निम्त्याई ज्यानसमेत जोखिममा पार्न सक्छ ।

भ्रम : लो ब्लड प्रेसर भए चिन्तित हुनुपर्दैन ।

तथ्य : केही मानिसहरूलाई लो ब्लड प्रेसर सामान्य मात्र हुन्छ । सामान्य रक्तचाप सीमाको नजिक रहने हुँदा यसले कतिपयलाई गम्भीर असर गर्दैन । तर, रिँगटा लाग्ने बेहोस हुने वा अन्य लक्षणहरू निरन्तर देखा परिरहे यो चिन्ताको विषय बन्न सक्छ । यस्तो हुँदाहुँदै पनि उपचार नगरेको खण्डमा व्यक्तिको मृत्युसेमत हुन सक्छ ।

भ्रम : लो ब्लड प्रेसर भएका व्यक्तिले डाक्टरहरूको सल्लाहविना औषधिको प्रयोग गर्न सक्छन् ।

तथ्य : डाक्टरहरूको सल्लाहविना लिएको औषधि कुनै पनि मानिसका लागि सुरक्षित हुँदैनन् । शरीरमा कुनै पनि समस्या देखिएमा जहिले पनि एक विशेषज्ञको सल्लाहअनुसार मात्र परीक्षण गरेर मात्र औषधिको सेवन गर्नु पर्छ ।

jackson ribon