Rumpum Advertisement

हप्तामा यति मिनेट व्यायाम गरे सजिलै तौल कम गर्न सक्छ

हप्तामा यति मिनेट व्यायाम गरे सजिलै तौल कम गर्न सक्छ

विराटनगर/व्यायाम बिना प्रभावकारि तरिकाले तौल कम गर्न असम्भव हुन्छ ।

मानिसहरू प्रायः आफ्नो तौल घटाउनका लागि कति समय व्यायाम गर्नुपर्छ भन्ने विषयमा अलमलमा परिरहेका हुन्छन् । खेलकुद र व्यायाममा मेडिसिन एन्ड साइन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार तौल घटाउन धेरै समय खर्च गरी पसिना बगाउन आवश्यक हुन्छ ।

एक व्यक्तिले एक हप्तामा लगभग आधा किलो तौल घटाउनका लागि तीन हजार क्यालोरी जलाउनु पर्ने हुन्छ जसका लागि अत्यधिक व्यायाम चाहिन्छ । अध्ययनका अनुसार शरीरको धेरै क्यालोरी बर्न गर्नका लागि प्रत्येक हप्तामा तीन सय मिनेट वा हप्ताको पाँच दिनका लागि एक घण्टा व्यायाम गर्नु पर्छ । अध्ययन १८ देखि ४९ वर्षबीचमा ४४ वयस्कलाई समावेश गरिएको थियो ।

प्रति हप्ता छ दिन व्यायाम गर्ने, प्रति हप्ता दुई दिन र व्यायाम गर्दै नगर्ने गरी सहभागीलाई तीन समूहमा विभाजित गरिएको थियो । अन्तमा, पहिलो समूहका व्यक्तिहरूले बढी क्यालोरी बर्न गरी र तौल घटाएको पत्ता लाग्यो । अध्ययनको क्रममा व्यायाम गर्नेहरूमा लेप्टिनको स्तरमा परिवर्तन आएको देखियो । लेप्टिन शरीरको सबभन्दा महत्वपूर्ण हर्मोन हो । जसले दिमागलाई खान बन्द गर्न र भोक नलागेको सङ्केत पठाउँछ ।

तौल घटाउनका लागि गरिने व्यायामका लागि सहज वा रुचि लाग्ने व्यायामको छनोट गर्नुपर्छ । सबै शारीरिक गतिविधिले तौल घटाउन मद्दत गर्छ, केवल पर्याप्त समयका लागि नियमित व्यायाम गर्न आवश्यक हुन्छ । तर, व्यायामले मात्र तौल घटाउन मद्दत गर्न सक्दैन । तौल घटाउनका लागि व्यायामका साथ साथै स्वस्थ र सीमित मात्रामा खान र स्वस्थ जीवनशैली बानी अपनाउन पनि ध्यान दिनु पर्छ ।