birat ribon

आगलागीमा नौ सय चल्ला जले

Neuro
आगलागीमा नौ सय चल्ला जले

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ माझी गाउँस्थित एउटा कुखुरा फार्ममा बिहीबार आगलागी हुँदा नौ सयवटा चल्ला जलेर मरेका छन् ।

नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहान २ बजेतिरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

cura insider

आचार्यका अनुसार फूसको छानो भएको फार्ममा आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला पालिएको थियो । विद्युत सर्ट भएर घटना भएको हुनसक्ने अनुमान गरिएको छ । आगोले फार्म पूर्ण रुपमा ध्वस्त भएको एसपी खड्काले जानकारी दिए ।

उनका अनुसार घटनामा छ लाख बढीको क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो एक घण्टापछि नियन्त्रणमा लिइएको भए पनि फार्म र त्यहाँ पालिएका चल्ला बचाउन नसकिएको आचार्यले बताए ।

jackson ribon