Rumpum Advertisement

१० सहसचिवको एकै पटक काज सरुवा

Neuro
१० सहसचिवको एकै पटक काज सरुवा

विराटनगर । सरकारले १० जना सहसचिवको एकै पटक काज सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार काज सरुवा गरेर उनीहरुलाई कार्यरत स्थानबाट अन्यत्र लगेको हो । मन्त्रालयले काज सरुवा गरी गण्डकी प्रदेशबाट हालै सरुवा भएर सूचना विभागमा पुगेका किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा लगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीको काज सरुवा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छ । झक्क आचार्यको अर्थबाट गृह मन्त्रालय, छवि रिजालको प्रधानमन्त्री कार्यालयबाट सञ्चार मान्त्रालय, बुद्ध गुरुङको महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय, राजेश पौडेलको श्रम मन्त्रालयबाट लोकसेवा आयोगमा काज सरुवा भएको छ ।

त्यस्तै बद्री अधिकारीको राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय, कमल भट्टराईको कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश १, मधुसूदन बुर्लाकोटीको बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय र नारायण भट्टको गृह मन्त्रालयबाट बागमती प्रदेशमा काज सरुवा भएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो ।