Rumpum Advertisement

बायर्नको जित, लेवान्डोस्कीको दुई गोल

Neuro
बायर्नको जित, लेवान्डोस्कीको दुई गोल

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले. जित निकालेको छ । बुधबार राति भएको खेलमा बायर्नले वोल्फसबर्गमाथि २–१ गोलको जित निकालेको हो ।

बायर्नको मैदानमा घरेलु टोलीलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । वोल्फसबर्गका म्याम्सिमिलान फिलिपले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा फिलिपले गोल गर्दै वोल्फसबर्गलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बायर्नलाई बराबरीमा फर्काए ।

५०औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बायर्नको जित सुनिश्चित गरे ।

जितसँगै दोस्रो स्थानको बायर्नले १२ खेलमा २७ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानमा छ । पराजित वोल्फसबर्ग भने २१ अङ्कका साथ पाँचौं स्थानमा छ ।