Rumpum Advertisement

इन्टरले नापोलीलाई हरायो

इन्टरले नापोलीलाई हरायो

विराटनगर । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नापोलीमाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले नापोलीमाथि १–० गोलको जित निकालेको हो ।

इन्टरको मैदानमा घरेलु टोलीलाई जिताउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७३औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई जिताए ।

जितसँगै इन्टरले १२ खेलबाट २७ अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको दोस्रो स्थानमा छ । नापोली भने २३ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।