birat ribon

चीनमा ल्याइयो चन्द्रमाको माटो र ढुंगा

Neuro
चीनमा ल्याइयो चन्द्रमाको माटो र ढुंगा

विराटनगर । चन्द्रमाबाट चीनमा माटो र ढुंगा ल्याइएको छ । लामो समयदेखि प्रयास गरिरहेको चीनले पछिल्लो पटक यान पठाएर माटो र ढुंगा ल्याउने आफ्नो अभियानमा सफलता प्राप्त गरेको हो ।

चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा ४४ वर्षपछि यो सफलता प्राप्त भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । चीनको अन्तरिक्षयान च्याङ्गइ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो । यसमा सफलता मिलेसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।

cura insider

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो । चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

सफल अभियानसँगै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचीमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाको माटो र ढुंगा पृथ्वीमा ल्याउन सकेका थिए ।

jackson ribon