birat ribon

पिएसजीको जित

Neuro
पिएसजीको जित

विराटनगर । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा पिएसजीले लोरियन्टमाथि २–० गोलको जित निकालेको हो ।

पिएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन किलियन एम्बाप्पे र मोइसे किनले समान एक–एक गोल गरे ।

cura insider

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा लोरियन्ट दस खेलाडीमा सीमित बनेको थियो ।

५१औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ६१औं मिनेटमा मोइसे किनले गोल गरेपछि पिएसजी २–० गोलले विजयी भयो ।

यससँगै दोस्रो स्थानको पिएसजीले १५ खेलबाट ३१ अङ्क जोडेको छ । लोरियन्ट भने ११ अङ्कका साथ रेलिगेशन जोनमा छ ।

jackson ribon