birat ribon

रोनाल्डोको पेनाल्टी ‘मिस’, युभेन्टस अटलान्टासँग बराबरीमा रोकियो

Neuro
रोनाल्डोको पेनाल्टी ‘मिस’, युभेन्टस अटलान्टासँग बराबरीमा रोकियो

विराटनगर । इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टस र अटलान्टाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । बुधबार राति युभेन्टसको मैदानमा घरेलु टोली र अटलान्टाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

टुरिनमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । खेलको २९औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

cura insider
Image

५७औं मिनेटमा रेमो फ्रेयुलरले गोल गर्दै अटलान्टालाई बराबरीमा फर्काए ।

६१औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा क्रिस्टियानो रोनाल्डो असफल बने ।

बराबरीसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २४ अङ्क बनाएको छ । अटलान्टा भने १८ अङ्कका साथ आठौं स्थानमा छ । उसले युभेन्टसभन्दा एक खेल कम खेलेको छ ।

jackson ribon