Rumpum Advertisement

प्रदेश १ का अधिकांश संसदीय समिति निष्कृय

प्रदेश १ का अधिकांश संसदीय समिति निष्कृय

विराटनगर । प्रदेश १ का अधिकांश संसदीय समिति निष्कृय रहेका छन् । प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको पाँच महिना बितिसक्दा पनि समिति सक्रिय हुन सकेका छैनन् ।

संसद अधिवेशन नचल्दा जनसरोकारका विषयमा मिनी पार्लियामेन्टको रुपमा रहेका समितिहरुमा छलफल हुनुपर्ने हो । संसद अधिवेशन नचल्दा दुईवटा समिति आंशिक रुपमा सक्रिय भए पनि पाँचवटा भने निष्कृय बनेका छन् । प्रदेशका समिति निष्कृय हुनुलाई समितिका सभापतिहरु कोरोना महामारीबाट उत्पन्न प्रतिकूल अवस्थालाई दोष दिन्छन् ।

कोरोना महामारीसँगै गरिएको लकडाउन र निषेधाज्ञा आदि कारणले समयमा बैठक बसेर आवश्यक निर्णय लिन र निर्देशन दिन नसकिएको उनीहरुको दाबी छ । विजनेश अभाव भएकोभन्दै सरकारले साउन ९ गते प्रदेशको छैठौं अधिवेशन अन्त्य गरेको थियो । प्रदेशको नामाकरण र सेवा प्रवाहका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने कामलाई थाँती राख्दै संसद अधिवेशन अन्त्य भए पनि प्रदेशका संसदीय समितिका गतिविधिसमेत अधिवेशनसँगै बन्द भए । हाम्रोमत दैनिकमा समाचार छ