विराटनगर । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन क्लब लिभरपुलले टोटनह्याम हटस्परमाथि जित निकालेको छ ।
बुधबार राति लिभरपुलको मैदानमा घरेलु टोलीले टोटनह्याममाथि २–१ गोलको जित निकालेको हो ।
एन्फिल्डमा लिभपुललाई जिताउन मोहम्मद सालाह र रोबर्ट फिर्मिनोले समान एक–एक गोल गरे । टोटनह्यामका सन हिउङ–मिनले एक गोल गरे ।
खेलको २६औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा फर्काए ।
तर, ९०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।
जितसँगै लिभरपुल २९ अङ्क बनाउँदै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लियो । टोटनह्याम भने २५ अङ्कका साथ दोस्रो स्थानमा छ ।