Rumpum Advertisement

सोसिडाडविरुद्ध बार्सिलोना विजयी

Neuro
सोसिडाडविरुद्ध बार्सिलोना विजयी

विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि २–१ गोलको जित दर्ता गरेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । २७औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए ।

३१औं मिनेटमा जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्कियो । ४३औं मिनेटमा फ्रेन्की डी योङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफभरि अग्रता दिलाए ।

र, बाँकी रहेको समयमा गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो ।

Image

जितसँगै बार्सिलोना सोसिडाडलाई स्तब्ध बनाउँदै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अङ्कदूरी घटाएको छ । बार्सिलोना २० अङ्कका साथ पाचौं स्थानमा उक्लिएको छ ।

यस्तै सोसिडाड भने २६ अङ्कका साथ दोस्रो शीर्ष स्थानमा छ । २६ नै अङ्क भएको एथ्लेटिको गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

Image