Rumpum Advertisement

ओली अध्यादेश फिर्ता लिन सहमत

Neuro
ओली अध्यादेश फिर्ता लिन सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओली नयाँ अध्यादेश लिन सहमत भएका हुन् ।

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।

यस्तै प्रचण्ड र माधव नेपाल पक्षले संसद्को विशेष अधिवेशन बोलाउन गरेको तयारी पनि फिर्ता लिने सहमति नेकपा शीर्ष नेतृत्वबीच भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।