Rumpum Advertisement

प्रदेश १ मा ११२ डिस्चार्ज, ५३ सङ्क्रमित थपिए

Neuro
प्रदेश १ मा ११२ डिस्चार्ज, ५३ सङ्क्रमित थपिए

विराटनगर/पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय १२ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट एक सय नौ, मेची अस्पताल झापाबाट दुई र विराट मेडिकल कलेजबाट एक जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार २३ पुगेको छ ।

प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा एक–एक र प्रदेश १ बाहिरका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३, उर्लाबारीमा तीन, सुन्दरहरैचा र बेलबारीमा दुई–दुई र बुढीगङ्गामा एक, सुनसरीको इटहरीमा छ, बराहक्षेत्रमा तीन, धरान, इनरुवा र भोक्राहानरसिंहमा दुई–दुई, कोसी र दुहवीमा एक–एक, झापाको दमक र कनकाईमा दुई–दुई, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा एक–एक, पाँचथरको कुम्वायक र इलामको सूर्योदयमा एक–एक र प्रदेश १ बाहिरका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार एक सय ४० पुगेको छ ।

प्रदेश १ मा आज चार सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म दुई लाख दुई हजार तीन सय ९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।