birat ribon

आज थप सात सय ३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Neuro
आज थप सात सय ३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

विराटनगर/ बुधबार देशभर आज थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार पाँच हजार पाँच सय नमूना परीक्षण गर्दा थप सात सय ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

cura insider

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५० हजार नाै सय १६ पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या नाै हजार सात सय ५७ रहेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज आठ सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १३ जनाको मृत्यु भएको हो ।

jackson ribon