birat ribon

नेकपा बैठक सुरु, प्रधानमन्त्री ओली उपस्थित

Neuro
नेकपा बैठक सुरु, प्रधानमन्त्री ओली उपस्थित

काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरेर प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको हो ।

cura insider

राजनीति सग्ल्याउन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटी बैठकमा बस्न राजी भएका हुन् । सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।

jackson ribon