Rumpum Advertisement

इनियस्टा घाइते, चार महिना मैदानबाहिर रहने

इनियस्टा घाइते, चार महिना मैदानबाहिर रहने

विराटनगर/ स्पेनिस मिडफिल्डर आन्द्रेस इनियस्टा चार महिना मैदानबाहिर रहने भएका छन् । जापानिज क्लब भिजेल कोबेबाट व्यवसायिक फुटबल खेलिरहेका इनियस्टा घाइते भइ चार महिना मैदानबाहिर रहने भएका हुन् ।

कोबेले आधिकारिक विज्ञप्ति जारी गर्दै इनियस्टाले कम्तीमा चार महिना मैदानबाहिर रहनुपर्ने जनाएको हो । कोबेका अनुसार ३६ वर्षीय इनियस्टाले दाहिने तिघ्रामा चोट बोकेका छन् ।

मङ्गलबार इनियस्टाले तिघ्राको शल्यक्रिया गराएका थिए । बार्सिलोनामा उनको अपरेशन डा. रामोन कुगाट र टिमले गरेको थियो । उनले गत बिहीबार एएफसी च्याम्पियन्सको क्वार्टरफाइनल खेलका क्रममा चोट बोकेका थिए ।

भिजेल कोबे हाल जापानिज लिगको १२औं स्थानमा छ । तर, इनियस्टाले अन्तिम चरणका खेल गुमाउने भएका छन् ।

१६ वर्ष बार्सिलोनामा बिताएका इनियस्टा सन् २०१८ मा जापान गएका हुन् । उनले बार्सिलोनाबाट नौवटा ला लिगाको उपाधि र चार वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।