birat ribon

जाडोमा टमाटर सुप पिउनुका फाइदै–फाइदा

Neuro
जाडोमा टमाटर सुप पिउनुका फाइदै–फाइदा

विराटनगर/जाडोमा चिसो र बिरामी हुनबाट बच्नका लागि न्यानो हुन र तातो खानुपर्छ ।

चिसो मौसममा तातो हुनका लागि होस् वा रुघाखोखी निको पार्नका लागि सुप निकै उपयोगी मानिन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने, रुघाखोकी हटाउन सक्ने हुँदा मानिसहरू तातो टमाटरको सुप पिउन निकै रुचाउँछन् । टमाटर सुपमा हुने क्यारोटिनोइड र भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई उत्प्रेरित गरेर रोगसँग लड्न मद्दत गर्छ ।

cura insider

भिटामिन सीले सामान्य रुघाखोकी लाग्न नदिने र लागे पनि चिसोको लक्षण अवधि र गम्भीरतालाई कम गर्ने अनुसन्धानले समेत देखाएको छ । काँचो टमाटरभन्दा पकाइएको टामाटरको धेरै फाइदा हुन्छ । टमाटरको सुपमा भिटामिन सीको साथै भिटामिन के, भिटामिन ई, भिटामिन ए, फ्लाभोनोइड्स, लाइकोपिन, पोटासियम धेरै मात्रामा र कम मात्रामा क्यालोरी हुन्छ ।

टमाटरको सुप एन्टिआक्सिडेन्ट्सको उत्कृष्ट स्रोत पनि हो । एन्टिआक्सिडन्ट्सको सेवनले क्यान्सर, मोटापना र हृदय रोगसम्बन्धी विभिन्न रोगको जोखिम कम गर्ने हुन्छ । अनुसन्धानले भिटामिन सी र फ्लाभोनोइडको एन्टिअक्सिडेन्ट कार्यले टाइप २ मधुमेह, हृदय रोग र मस्तिष्क रोगहरूको विरूद्ध रक्षा गर्न मद्दत गर्छ ।

टमाटर सुपको सेवनले शरीरमा हुने चिसो र खराब कोलेस्ट्रोलको स्तरलाई कम गर्न सक्छ, जुन हृदय रोगका लागि दुई प्रमुख जोखिम कारक हो । टमाटरको सुपमा हुने लाइकोपिन र अन्य क्यारोटिनोइडले प्रोस्टेट र स्तन क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्ने बताइएको छ । टमाटर सुपको सेवनले छालामा पनि फाइदा पुग्न सक्छ ।

टमाटर सुपमा हुने बिटा क्यारोटिन र लाइकोपिनले अल्ट्राभायोलेट प्रकाश अवशोषित गरेर घामबाट हुने क्षतिको विरूद्ध छालामा सुरक्षा बढाउन मद्दत गर्छ । क्यारोटेनोइड र भिटामिन ए भरिएका टमाटर सुपको सेवनले आँखाको स्वास्थ्य पनि लाभ गर्न सक्छ । टमाटरमा हुने लाइकोपिनले हड्डीलाई बलियो बनाएर हड्डी भाँचिने खतरा कम गर्न मद्दत गर्छ ।

टमाटर सुपमा हुने लाइकोपिनले पुरुष प्रजनन क्षमतासँग सम्बन्धित शुक्राणुको गुणस्तरमा सुधार गर्न सक्छ ।

jackson ribon