birat ribon

खसीको खुट्टाको अचार बनाउने विधि

Neuro
खसीको खुट्टाको अचार बनाउने विधि

विराटनगर/चिसो मौसममा खसीको खुट्टा खान धेरै जना रुचाउने गर्छन् ।

अधिकांश मानिसले यसलाई सुपको रुपमा खान असाध्यै रुचाउँछन् । जाडोमा हरेक घरमा पाक्ने खसीको खुट्टाको सुपलाई नयाँ तरिकाले अचार बनाई पनि खाने गरिन्छ । मिठो, छिटो पिरो र स्वादिलो तरिकाको खसीको खुट्टाको अचार बनाउने विधि एकदमै सजिलो छ । जसकारण यसलाई जोकोहीले पनि बनाएर खान सक्छन् ।

cura insider

खुट्टाको अचार बनाउन चाहिने सामग्री : सफासँग धुएर राम्ररी पोलेको खसीको खुट्टा, रातो सुकेको खोर्सानी (१० देखि १५ ओटा), सानो–सानो गरी काटिएको प्याज, लसुन अदुवाको पेस्ट, धनियाको धुलो, जिराको धुलो, आवश्यकताअनुसार नुन, बेसार, तेल र हरियो काटेको धनिया ।

पकाउने विधि : सुरुमा खसीको खुट्टामा सुकेको खोर्सानी, नुन, लसुन अदुवाको पेस्ट, धनियाको धुलो, जिराको धुलो, बेसार र तेल राखेर राम्ररी सबै मसला मिक्स हुने गरी मज्जाले मोल्नुपर्छ । त्यसपछि, यसलाई दुई घण्टासम्मका लागि यत्तिकै छोड्नुपर्छ । खुट्टामा सानो–सानो गरी काटिएको प्याज राखेर मिक्स गर्नुपर्छ ।

यसलाई सिधै प्रेसर कुकरलाई राख्नुस् । खुट्टामा पहिला नै तेल हालिसकेको हुँदा थप तेल हालिरहनु आवश्यक हुँदैन । यसमा दुई कप पानी हालेर ८ देखि १० सिट्टी दिनुपर्छ । यसलाई अलिकति लदवद (ग्रेभी) हुने गरी पकाउनु पर्छ । पाकिसकेपछि यसमा हरियो काटेको धनिया माथिबाट छर्किन सकिन्छ ।

यसलाई भातसँग खादा एकदम मिठो हुन्छ ।

jackson ribon