Rumpum Advertisement

शीर्षताका लागि लिभरपुल र टोटनह्याम प्रतिस्पर्धामा

शीर्षताका लागि लिभरपुल र टोटनह्याम प्रतिस्पर्धामा

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा आज डिफेन्डिङ च्याम्पियन क्लब लिभरपुलले टोटनह्याम हटस्परसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने यो खेल लिभरपुलको मैदानमा हुनेछ ।

एन्फिल्डमा लिभरपुल र टोटनह्याम शीर्षताका लागि खेल्न लागेका हुन् । हाल टोटनह्याम र लिभरपुल समान २५ अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समान १२ खेल खेलेको टोटनह्याम गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

अब, आजको खेलमा जित निकाल्ने टोलीले अङ्क तालिकाको शीर्ष स्थान कब्जा गर्नेछ ।

लिभरपुल र टोटनह्यामबाहेक आज आर्सनल, लेइस्टर सिटी र इभर्टन प्रतिस्पर्धामा छन् । आर्सनलले राति ११ः४५ बजे साउथह्याम्पटनसँग खेल्दैछ । सोही समय लेइस्टर र इभर्टनले खेल्नेछन् ।