birat ribon

मेस्सीलाई पेलेको रेकर्ड तोड्ने अवसर

Neuro
मेस्सीलाई पेलेको रेकर्ड तोड्ने अवसर

विराटनगर/ स्पेनिस ला लिगामा आज बार्सिलोनाले आफ्नो १२औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेदेखि हुने खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग खेल्न लागेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा हुने खेलमा घरेलु टोलीले शीर्ष स्थानको क्लबसँग खेल्न लागेको हो । यस खेलमा बार्सिलोना सोसिडाडलाई स्तब्ध बनाउँदै ऊसँगको अङ्कदूरी घटाउने दाउमा छ ।

cura insider

बार्सिलोना हाल १७ अङ्कका साथ आठौं स्थानमा छ । उसले ११ खेल खेलेको छ । यस्तै सोसिडाड भने २६ अङ्कका साथ शीर्ष स्थानमा छ । सोसिडाडले बार्सिलोनाभन्दा दुई खेल बढी खेलेको छ ।

आजको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड तोड्ने अवसर छ ।

अर्जेन्टिनी स्टार मेस्सी एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाको जर्सीमा ७४६ खेल खेल्दै ६४२ गोल गरेका छन् । अब ३३ वर्षीय मेस्सी पेलेको कीर्तिमानबाट एक गोलले मात्र टाढा छन् ।

पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । अब, आजको खेलमा गोल गरेमा मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी लामो समययता बार्सिलोनाबाट खेलिरहेका छन् । बार्सिलोनाका सर्वाधिक गोलकर्तासमेत रहेका उनले चार पटक च्याम्पियन्स लिग र १० वटा ला लिगाको उपाधि जितेका छन् ।

jackson ribon