birat ribon

सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

Neuro
सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

काठमाडौँ/राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै जाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वीद्वारमा कर्मचारीहरुले पोशाक लगाए–नलगाएको सम्बन्धमा जाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए ।

cura insider

उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए–नलगाएको जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उनले बताए । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए ।

सरकारी कर्मचारीले पोशाक भत्तावापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।

jackson ribon