Rumpum Advertisement

कपालको बनावट सुधार गर्न र झर्नेबाट रोक्न फाइदाजनक ग्रिन टी

Neuro
कपालको बनावट सुधार गर्न र झर्नेबाट रोक्न फाइदाजनक ग्रिन टी

विराटनगर/विभिन्न प्रकारका चियामध्ये ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

आजभोलि ग्रिन टी पिउने चलन पनि निकै बढेको छ । ग्रिन टीमा क्यालोरी र क्याफिन नहुने हुँदा यसले शरीरको अनावश्यक तौललाई कम गर्ने, कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ । ग्रिन टीमा पाइने फ्लेवोनोइडले शरीरमा सुगरको मात्र कम गरी मुटु रोगबाट पनि छुटकारा दिलाउन सक्छ ।

यो केवल स्वास्थ्य र फिटनेसका लागि मात्र नभई विगत केही वर्षदेखि ग्रिन टीलाई धेरै सौन्दर्य र व्यक्तिगत हेरचाह उत्पादनमा महत्वपूर्ण तत्वको रूपमा प्रयोग गरिएको छ । एन्टिअक्सिडन्टले भरिपूर्ण ग्रिन टीको प्रयोगले छाला साथै कपालको लागि आश्चर्य तरिकाले काम गर्छ । दैनिक दुई कप ग्रिन टीको सेवनले कपालको साथ साथै छालाका लागि पनि राम्रो हुने गर्छ ।

क्याटेचिनले समृद्ध, ग्रिन टी कपालका लागि राम्रो मानिन्छ । ग्रिन टीको प्रयोगले डायहाइड्रोटेस्टोस्टेरोन (डीटीएच) लाई कम गर्न मद्दत गर्छ, जुन कपाल झर्ने प्रमुख कारणमध्ये एक हो । केही अध्ययनका अनुसार ग्रिन टी पिउनुका साथै कपालमा यसको प्रयोगले कपालको बनावट सुधार गर्नका साथै कपाललाई झर्नेबाट बचाउँछ ।

ग्रिन टीको सेवनले मात्र नभई प्रयोगले पनि रसायनका कारण कपालमा हुने ड्राइनेस र डेन्ड्रफसँग लड्न मद्दत गर्छ । ग्रिन टीमा हुने पोलिफेनोल कपालको फोलिकल्सका लागि उत्कृष्ट मानिन्छ जसले कपाललाई बढाउन मद्दत गर्छ । ग्रिन टीले कपाल पनि पखाल्न सकिन्छ । स्याम्पुले कपाल धोएपछि, ग्रिन टीको पानीले कपाल धुँदा कपालको जरा बलियो बनाई कपाललाई चम्किलो बनाउन मद्दत गर्छ ।

दिनको दुई वा तीन कप ग्रिन टी पिउनुका साथै यसलाई हेयर मास्कको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आफ्नो कपालअनुसार नरिवल तेल, जेतुनको तेल, अण्डाको पहेँलो भाग (वा अण्डाको साटो कागती) र ग्रिन टीलाई सँगै पिसेर कपालमा साथै स्क्याल्पमा लगाउन सकिन्छ । यसलाई कम्तिमा २० मिनेटसम्म राखेर धुनुपर्ने हुन्छ ।