birat ribon

अत्यधिक चिया पिउनुका साइड इफेक्ट

Neuro
अत्यधिक चिया पिउनुका साइड इफेक्ट

विराटनगर/अधिकांश मानिसलाई बिहान उठ्नेबित्तिकै वा चियाको साथ दिनको सुरुवात गर्नेहरू पनि धेरै छन् ।

चिया पिउनका लागि समय नचाहिने हुँदा अल्छी लाग्दा, पाहुना आउँदा, साथीभाई भेट्दा वा बिहान, दिउँसो, साँझमा गरी वा जहिले पाए पनि चिया पिउने गर्छन् । चिया पिउने बानी भएकामा कोहीलाई चिया नपिएका कारण टाउको दुख्ने, अल्छी लाग्नेसमेत हुने गरेको हुन्छ ।

cura insider

हप्तामा तीन पटकसम्म चिया पिउनलाई स्वास्थ्य मानिन्छ । तर, अत्यधिक चिया पिउनुका साइड इफेक्ट धेरै छन् । अत्यधिक चियाको सेवनले निद्रामा बाधा पु¥याउन सक्छ । चियामा पाइने क्याफिनले सजिलैसँग निद्रा चक्रमा अवरोध पुर्‍याउन सक्छ । क्याफिनले मेलाटोनिन हर्मोनमा हस्तक्षेप गर्छ, जसकारण निद्रामा असर पुग्छ ।

क्याफिनको सेवनमा हुने वृद्धिले वास्तवमा पाचनमा पनि बाधा पु¥याई पोषणको अवशोषणलाई कम गर्छ । चियामा टेन्निन नामक तत्वले दैनिक खाने खानाबाट आइरनको अवशोषणमा बाधा पुर्‍याउँछ । प्रायजसो एक कप चिया पिउनाले तनाव कम गर्न र हाम्रो व्यस्त जीवनबाट विश्राम लिन सकिने सोच हुन्छ । तर, चिया पिउने बानीले वास्तवमा तनाव र चिन्तालाई बढावा दिने काम गर्छ ।

धेरै क्याफिनको सेवनले बेचैनी बढाउन सक्छ । चियामा क्याफिनको उपस्थितिले पेटमा एसिडको गठनलाई बढाएर पेट तथा छाती पोल्ने, पेट फुल्ने र बेचैनी हुन्छ । यसबाहेक, अत्यधिक चियाको सेवनले शरीरमा एसिडिटी पनि निम्त्याउँछ । चियाको अत्यधिक सेवन गर्भावस्थामा आमा र बच्चाका लागि हानिकारक हुन सक्छ ।

क्याफिनको बढ्दो सेवनले गर्भावस्थामा विभिन्न जटिलता बढाउन सक्ने हुँदा यस्तो वेलामा हर्वल चियाको सेवन गर्न सुझाइन्छ । टाउको दुख्दा पनि यसबाट राहत हुन्छ सोची मानिसहरू चिया पिउने गर्छन् । तर, अत्यधिक चियाको सेवन नै टाउको दुखाइको कारण हुन सक्छ । चियाको अत्यधिक सेवन वा क्याफिनको कुनै स्रोतको अत्यधिक सेवनले असुविधा र टाउको दुखाइ निम्त्याउँछ ।

विशेषगरी दुध हालिएको चिया पिउनाले वाकवाकी महसुस हुन सक्छ । यो चियामा टेनिनको उपस्थितिको कारण हुन्छ, जसले पाचन टिश्युहरूलाई उत्तेजित गरेर पेट फुल्ने, असुविधा र पेटको दुखाइ निम्त्याउन सक्छ ।

jackson ribon