birat ribon

युभेन्टस र अटलान्टा भिड्दै

Neuro
युभेन्टस र अटलान्टा भिड्दै

विराटनगर/ इटालियन सिरी ‘ए’ मा आज साविक विजेता युभेन्टस र अटलान्टा भिड्दैछन् । नेपाली समायनुसार ११ः१५ बजे हुने यो खेल युभेन्टसको मैदानमा हुनेटछ ।

टुरिनमा युभेन्टस शीर्षस्थानको क्लबसँग अङ्कदूरी घटाउने योजनाका साथ मैदान उत्रिनेछ । हाल उसले १ खेलबाट २३ अङ्क बनाएको छ । युभेन्टस चौथो स्थानमा छ । शीर्ष स्थानको एसी मिलानसँग २७ अङ्क छ ।

cura insider

अटलान्टा भने १७ अङ्कका साथ नवौं स्थानमा छ । उसले युभेन्टसभन्दा एक खेल कम खेलेको छ ।

युभेन्टस र अटलान्टबाहेक आज शीर्ष स्थानको मिलानका साथै इन्टर मिलान र नापोली पनि प्रतिस्पर्धामा छन् । मिलानले राति १ः३० बजेबाट हुने खेलमा जेनोआसँग खेल्दैछ ।

यस्तै इन्टरले नापोलीलाई सोही समय आफ्नो मैदानमा आतिथ्यता दिँदैछ । इन्टर २४ अङ्कका साथ दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको नापोलीसँग २३ अङ्क छ ।

jackson ribon